
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले जारी गरेको अक्टुबर महिनाको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १६१ मा पुगेको छ ।
सो स्थानमा रहन नेपालले १००४ अंक प्राप्त गरेको छ । दक्षिण एसियातर्फ भने नेपाल चौथो स्थानमा छ ।
त्यस्तै ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ ।
१४५ औं स्थानमा रहेको अफगानिस्तान सार्क राष्ट्रहरुमा दोस्रो स्थानमा रहँदा १५१ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।
त्यस्तै १८८ औं स्थानमा रहेको भुटान पाँचौ स्थानमा छ भने १९४ औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यसैगरी १९९ औं वरियतामा रहेको पाकिस्तान सार्क राष्ट्रहरुम्ँ सातौं स्थानमा रहँदा २०१ औं स्थानमा रहेको श्रीलंका आठौं स्थानमा छ ।
बेल्जियम अगाडी
फिफाको नयाँ वरियतामा बेल्जियमले शिर्ष स्थानमा कब्जा जमाएको छ । त्यस्तै विश्वविजेता फ्रान्स दोस्रो स्थानमा छ भने ब्राजील तेस्रो स्थानमा छ ।