News
आर.एफ.सी. हरिवन सेमिफाइनलमा

लहान । आर.एफ.सी. हरिवन, सर्लाही यहाँ जारी तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाई पाएर सोझै क्वाटरफाइनलमा भिडेको आर.एफ.सी.ले नमो बुद्ध युथ फुटबल क्लब, सर्लाहीलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
आर.एफ.सी. का लागि कप्तान क्षितिज भण्डारीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता क्षितिज भण्डारी नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत्र १३ गते बुधबारको खेल गाईघाट फुटबल क्लब, उदयपुर र बेङ्गखाडी युवा क्लब, महोत्तरीबीच हुने आयोजकले जानकारी दियो ।
हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २० गतेका दिन हुनेछ ।
Post Comments