News
अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व
अन्नपूर्ण आरसीटीले शनिबार राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सहिद स्मारक लिग ए डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसीटीको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठ, सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चिर्वाचित गरेको हो ।
यस्तै मतदान प्रक्रियाबाट छ सदस्य चुनिएका छन् । त्यसमा रविन महर्जन, चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर र रामचन्द्र श्रेष्ठ रहेका छन् । क्लब सदस्य १ सय ९६ रहेकोमा कुल १ सय ६० मत खसेको थियो ।
नवनिर्वाचित श्रेष्ठ अन्नपूर्ण आरसीटीका छैटौं अध्यक्ष रहेका छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न