
चितवन । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले पाखा लगायो ।
आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५७ औं मिनेटमा हिमाले डि बक्स बाहिरबाट सन्दर गोल गर्दै आर्मीलाई अग्रता दिलाईन् ।
अतिरिक्त समयको पहिलो मिनेटमा चन्द्राले आर्मीका लागि दोस्रो गोल गरिन् । बिमला थापाको पासमा चन्द्राले गोल गरेपछि आर्मी २-० ले विजयी भयो । आर्मीकी हिमा प्लेयर अफ दि म्याच भईन् ।
यो खेल सँगै सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो बुधवार भरतपुर २४ र एपिएफ एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार आर्मीले रौतहटको सामना गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)
- प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)