News
झापामा नेपाल सुपर लिगको ट्रफी अनावरणसँगै प्रदर्शन
बिर्तामोड । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य तथा मिडिया प्रमुख हिमाल खरेलले जानकारी दिए ।
रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम झापा एफसीलाई च्याम्पियन बन्नका लागि वक्ताहरुले अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
मेची रंगशालाबाट प्रदर्शन सुरु गरिएको ट्रफी नेपालको होचो भूभाग कचनकवल, काँकरभिट्टा, इस्ट होराइजन स्कुल धुलाबारी, बर्ने चिया बगान, बुधबारे, अर्जुनधाराधाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकमा पुगेर टुंगिने खरेलले जानकारी दिए ।
धनगढीबाट सुरु गरिएको ट्रफी प्रदर्शन बुटवल, लुम्बिनी, चितवनपछि आज झापामा भएको हो । झापापछि पोखरा, ललितपुर हुँदै काठमाडौँ पुगेर समापन गरिने बताइएको छ ।
चैत १६ गतेबाट सुरु हुने प्रतियोगितामा सातवटा टिमले भाग लिने छन् । प्रतियोगिताको उद्घाटन खेल ललितपुर र काठमाडौँबीचमा हुनेछ । फाइनल खेल बैशाख १३ गते हुनेछ ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक