News दोस्रो सूर्य तारा खेलकुद महोत्सव फागुन २४ गतेदेखी
उमेश पुन

पोखरा । दोस्रो सूर्य तारा खेलकुद महोत्सव यहि फागुन २४ गते देखि चैत्र २ गतेसम्म पोखरा (२९ लेखनाथको रंगशाला हुने आयोजना हुने भएको आयोजक सूर्य तारा युवा क्लबले एक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नेकोस फुटबलतर्फ १२ टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद ४ लाख ४ हजार ४४४ का साथ ट्रफी, मेडल तथा प्रमाणत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु पुनका अनुसार प्रतियोगितामा सुर्य तारा नेकोस कप फुटबल, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, खुल्ला महिला स्लो स्कुटर रेस, राष्ट्रिय महिला डोरीतान प्रतियोगिता, खुल्ला टेबल टेनिस प्रतियोगिता र एथलेटिक्सका प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै विभिन्न जातिय संघ/संस्थास्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको छ ।

प्रतियोगिता अन्तर्गत हुने हरेक प्रतिस्पर्धाहरुमा आकर्षक नगद पुरस्कारका साथमा ट्रफी र मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सव अवधीभर १५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको अध्यक्ष पुनले जानकारी दिंदै करिव ८१ लाख खर्च हुने उनले बताए । फुटबल अवलोकनका लागि भने पहिलो चरणमा नगद रु १ सय र सेमीफाइनल र फाइनलको टिकट २ सय तोकिएको बताए ।

Post Comments