
आठराई । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं ६ चुहानडॉडा फुङसिङमा फागुन २७ गते देखि चैत्र २ गते सम्म फुङसिङ खेलकुद कार्यक्रम सन्चालन हुने भएको छ ।
भगवति आधारभुत विद्यालयको ९ ए साइडको खेलमैदानमा खुल्ला वडा स्तरीय पुरूष र खुल्ला वडा स्तरीय महिला फुटबल सन्चालन गरिने बताइएको छ ।
पॉच दिन सम्म सन्चालन हुने प्रतियोगिताको पुरूष तर्फको विजेताले ५० हजार सहित ट्रफि र उपविजेताले ३० हजार सहित ट्रफि प्राप्त गर्नेछन । महिला तर्फको विजेताले २० हजार सहित ट्रफि र उपविजेताले १० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।
आठराई गाउँपालिका वडा नं ६ को आर्थीक सहयोगमा फुङसिङ खेलकुद कार्यक्रम सन्चालक समितिले प्रतियोगिता आयोजना गरेको मेला समिति अध्यक्ष उदयराज कन्दङवाले जानकारी दिए ।
खेलकुद कार्यक्रममा एक वडा बराबर बढीमा पुरूष तर्फ दुइ महिला तर्फ दुइ टिमलाई मात्र इन्ट्रि दिइने साथै वडाको सिफारिस अनिवार्य रहेको कन्दङवाले बताए ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो