
काठमाडौं । दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।
दशरथ रंगशालामा भएको खेलको २९औं मिनटमा सनिष श्रेष्ठले पहिलो गोल गर्दा ७२औं मिनटमा स्टेफन जलिले दोस्रो गोल गर्दै टोलीको उपाधि सुनिश्चित गरेका थिए ।
विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १५ लाख हात पार्यो भने उपविजेता त्रिभुवन आर्मीले ५ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । मच्छिन्द्रका छिरिङ गुरुङ फाइनल खेलको प्लेयर अफ दि म्याच बने ।
उत्कृष्ट गोलरक्षक मच्छिन्द्र कै विशाल श्रेष्ठ बन्दा उदियमान खेलाडी निराजन धामी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार स्टेफन जलिले हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका सनिष श्रेष्ठ घोषित भए ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा गत फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल, भुटान र उज्वेकिस्तानका गरी कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै