News
नेपाल आइपुगे इटालियन लिजेण्ड बुफोन
काठमाडौ । इटालीका लागि फिफा विश्वकप विजेता लिजेण्डरी गोलरक्षक जियानलुईजी बुफोन आइतबार नेपाल आइपुगेका छन ।
उनी हाल जारी दोस्रो केपी ओली कपका लागि विशेष अतिथीका रुपमा नेपाल आईपुगेका हुन । बुफोनलाई आयोजकले विमानस्थल मै भब्य स्वागत गरेको थियो ।
स्मरण रहोस, जारी केपी ओली कपको समापन सोमबार हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्दैछन ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न