
रामधुनी । सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं.७ पञ्चायनको खेलमैदानमा जारी दोस्रो अल्टीट्युट रनिङ कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। अन्तिम सेमीफाइनल खेल तालतलैया फुटबल क्लब र बेतना युनाइटेड क्लब मोरङबिच निकै रोमाञ्चक खेल चल्दा नाटकीय ढंगबाट जीत हासिल गर्दै तालतलैया फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको चौथौ मिनेटमानै बेतना युनाइटेडका लागी हेमन लिम्बूले उत्कृष्ट गोल गर्दै सुरुवाति अग्रता दिलाएता पनि उक्त गोल निर्णायक बन्न सकेन। खेलको २७ औं मिनेटमा तालतलैया निश्चल लामाको सुन्दर गोलसँगै खेलमा फर्किएको थियो। पहिलो हाफ एक,एक को अवस्थामा टुंगिएको खेल दोस्रो हाफमा पनि दुबै टोली थप गोलरहित बन्दा खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
रोमाञ्चक बनेको पेनाल्टी सुट आउट कुल पाँच, पाँच प्रहार भएका थिए। जसमा बेतनाको पहिलो प्रहारनै तालतलैया रक्षक निरज चौधरीले रोकीदिँदा दबाबमा रहेको बेतनाले दोस्रो प्रहार भने गोल गरेको थियो।त्यसपछि बेतनाको तेस्रो प्रहार बाहिर जाँदा चौथौ प्रहार गोल गर्न सफल भयो र अन्तिम प्रहार पनि गोल रक्षक निरजले जोगाएसँगै जीत सुनिश्चित भएको थियो। तालतलैयाका लागि गोल रक्षक चरि लिम्बूले दुई प्रहार जोगाएता पनि आफ्नो टिमको हार भने जोगाउन सकेनन्। उक्त खेलको म्यान अफ दि म्याच तालतलैयाका गोल रक्षक निरज चौधरी हुँदा नगद रु.२५०० र ट्रफी प्राप्त गरे।