
साँघु । ताप्लेजुङको मैवाखोला ३ सॉघुमा महाशिवरात्रि मेला तथा विविध खेलकुद कार्यक्रमको अवसरमा आयोजित रघुनाथ छत्रमाया स्मृति रनिङकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चॉगे ताप्लेजुङ र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम भिडने भएका छन ।
सॉघु खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई ६-२ गोल अन्तरले पराजित गर्दै माछा पोखरी हिटी क्लब चॉगे फाइनल पुगेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा मरिक एफसी धरानलाई १-० ले पाखा लगाउँगै म्याङलुङ स्पोर्टिङ क्लबले चॉगेसंगको उपाधि भिडन्त पक्का गरेको छ ।
फागुन १३ गते देखि शुरू प्रतियोगिता फागुन १७ गते सकिने छ ।रछ स्मृति रनिङ कप पुरूष फुटबल प्रतियोगिताको विजेताले २ लाख ६१ हजार सहित एक तोला आधि सुन र दुइ सय तोला चॉदी जडित रनिङ ट्र्फि प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेताले १ लाख ३१ हजार सहित ट्रफि प्राप्त गर्नेछ ।
तयसै गरी मेलाको अवसरमा आयोजित पालिका स्तरीय महिला फुटबल प्रतियोगितामा मेरिङदेन गाउँपालिका फाइनल प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा म्याङलुङ नगरपालिका तेह्रथुमलाई पेनाल्टि सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिका ताप्लेजुङ फाइनल पुगेको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
महिला तर्फको दोस्रो सेमिफाइनल भने शनिबार बिहान हुने बताइएको छ । जसमा मेन्छ्यायेम गाउँपालिका तेह्रथुम र फुङलिङ नगरपालिका ताप्लेजुङ भिडनेछन ।
महिला तर्फ विजेताले असी हजार सहित ट्रफि र उपविजेताले चालिस हजार सहित ट्रफि प्राप्त गर्नेछन ।
आन्तरिक पर्यटन विकाशमा खेलकुद भन्ने नाराका साथ सन्चालन भइरहेको महाशिवरात्रि मेला विगत पॉच दशक देखि निरन्तर सन्चालित रहेको आयोजक जलजले क्लबका अध्यक्ष रूपनारायण घिमिरेले जानकारी दिए ।