News युवा खेलाडी सन्देशलाई सहयोग गर्न गोलनेपालको सहयोगसँगै अपिल
गोलनेपाल

काठमाडौं । खेल्ने, रमाउने र खेलेरै सफलता हासिल गर्ने सपना बुनेका २३ वर्षिय युवा खेलाडी सन्देश सुबेदी अहिले जिवन मरणको दोसाँधमा पुगेका छन् ।

चन्द्रपुर नगरपालिका ५ का स्थायी बासिन्दा सन्देशको दुवै मृगौला खराब भएपछि उनी अहिले फुटबलको अनेक सपना बुनी जीवनसँग संघर्ष गरिरहेका छन् ।

रौतहट जिल्ला फुटबल संघका सदस्य बुद्धि बहादुर सुबेदीका छोरा समेत रहेका सन्देशको घरको आर्थिक अवस्थाले उपचार खर्च सम्भव नदेखिएपछि उनको उपचारमा सहयोगका लागि यो अपिल गरिएको हो ।

सन्देशको उपचारमा लाखौं रकम आवश्यक पर्ने भएकोले उनको परिवारले सहयोगको अपिल समेत गरेको छ । यो अभियानलाई सफल बनाउन गोलनेपाल परिवारको तर्फबाट ५००० सहयोग गरिएको छ । साथै सन्देशलाई बचाउने यो अभियानमा सहयोग गर्न सबै खेलप्रेमी शुभेच्छुकहरुलाई गोलनेपाल अपिल समेत गर्दछ ।

सहयोग गर्न चाहनेहरुका लागि सम्पर्क नम्बर र सहयोग विवरणः

सम्पर्क नम्बर : ९८६५१४०२४३/९८१११४९४३३

KAMANA SEWA BIKASH BANK

A/C No. 07514004248620000001

BUDDHI BAHADUR SUBEDI

Post Comments