
लेटाङ फुटबल क्लब सुनसरीको रामधुनी नगरपालिका ७ पन्चायनमा जारी दोस्रो अल्टिट्युड रनिङकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पन्चायन खेल मैदानमा आइतबार सम्पन्न खेलमा ब्रदर कलेक्सन केराबारी मोरङलाइ १-० झिनो अन्तरले पराजित गर्दै लेटाङ एफसी मोरङ प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । लेटाङको जितका लागि पहिलो हाफको ११औँ मिनेटमा सागर तिवारीले गरेको गोल नै निर्णायक गोल बन्यो ।
दोस्रो हाफमा खेलमा फर्कने लय मिलाएको केराबारीका धेरै प्रहारहरूलाई लेटाङका गोल रक्षक पूर्ण चेम्जोङले बिफल पार्दिए । खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लबका शुनिल खडका घोषित हुँदै दुइ हजार पॉच सय सहित ट्रफि प्राप्त गरे । फागुन १२ गते सोमबार (भोली) प्रिक्वाटर फाइनलको दोस्रो तथा अन्तिम खेल चित्लाङ फुटबल क्लब काठमान्डौ र कोशि प्रदेश प्रहरी टिम बिराटनगर बिच हुनेछ ।
फागुन ९ गते देखि सुरू भएको प्रतियोगिता फागुन १७ गते सकिनेछ । दश टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित पन्ध्र तोला चादि जडित रनिङ ट्रफि र उपविजेताले १ लाख ११ हजार १११ सहित ट्रफि प्राप्त गर्नेछ ।
‘समाजको उचाई,जिम्मेवार युवालाई’ भन्ने मुल नाराका साथ नेपाली फुटबलको विकाश तथा युवाहरूलाई खेल प्रतिको उत्प्रेरणा दिलाउँने उद्येस्यका साथ प्रत्येक वर्ष फरक फरक स्थानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताउँनु भयो ।