News पुर्वेली फुटबलका हस्ती दिलिप राईलाई कोशी एक्सिलेन्स अवार्ड
गोलनेपाल

इटहरी । पुर्वेली फुटबलका हस्ती, वरिष्ठ फुटबल अभियन्ता दिलिप राई कोशी एक्सिलेन्स अवार्डबाट विभुषित भएका छन् । सो अवार्डबाट राईसहित १३ विधाका उत्कृष्ट व्यक्तित्वहरू विभूषित भएका हुन् ।

बुधबार इटहरीको सोल्टी वेस्टेन्डमा आयोजित कार्यक्रममा कोशी प्रदेशमा जन्मिएर विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई विभूषित गरिएको हो । जसमा खेलकुद विधातर्फ राई विभुषित भएका हुन् ।

नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्वहरुलाई विभूषित गरेको हो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अवार्ड प्रदान गरे । कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको थियो । उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनले जनाए ।

Post Comments