News वार्ड नम्बर १० दुहबी मेयर कपको सेमिफाइनलमा
गोलनेपाल

दुहबी । प्रभावशाली जितका साथ वार्ड नम्बर १० यहाँ जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सरस्वती माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलतर्फ वार्ड नम्बर १० ले वार्ड ४ माथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा वार्ड नम्बर १० का प्रल्हाद कुमार माझी म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ९ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ११ र वार्ड नम्बर ५ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।

Post Comments