News
इटहरी गोल्डकपः सगरमाथा फाइनलमा, उपाधिका लागि मच्छिन्द्रसँग भिड्ने

इटहरी । सगरमाथा युथ क्लब, मोरङ जारी कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सगरमाथाले धरान फुटबल क्लब, सुनसरीलाई १–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । इटहरी रंगशालामा भएको खेलमा सगरमाथाका लागि २९औं मिनटमा कुलदिप कार्कीले पेनाल्टीमार्फत गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
निर्णायक गोलकर्ता सगरमाथाका कुलदिप नै म्यान अफ दि म्याच घोषित भए । सगरमाथाले अब यही फागुन १० गते शनिबार हुने फाइनलमा मच्छिन्द्र फुटबल क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments