
काठमाडौं । चर्चित फरवार्ड साबित्रा भण्डारी निर्णायक बनेको खेलमा झिनो अन्तरको जित निकाल्दै आयोजक नेपाल जारी चारदेशिय महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार आफ्नो दोस्रो खेलमा नेपालले लेबनानमाथि १–० को जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । दशरथ रंगशालामा खेलको ४२औं मिनटमा साबित्रा भण्डारीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई समान १–० ले हराएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार बलियो म्यानमारको सामना गर्नेछ ।
म्यानमारले बिहीबार नै भएको पहिलो खेलमा किर्गिस्तानमाथि ५–० को जित निकाल्दै लगातार दुई जितका साथ फाइनल प्रवेश गर्यो । म्यानमारले आफ्नो पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो ।
लगातार दुई हार बेहोरेका किर्गिस्तान र लेबनान भने प्रतियोगिताबाट बाहिरिएका छन् । यद्यपि आइतबार यी दुई लिग चरणको आफ्नो अन्तिम खेलमा प्रतिष्ठाका लागि भिड्ने छन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)