काठमाडौं । माउन्ट सेबले यहाँ जारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा जित हात पारेको छ ।
माउन्ट सेबले हाइल्यान्डलाई ३–० गोलअन्तरले पराजित गर्यो । माउन्ट सेबका ऋनव प्रधान, सन्जल दाहाल र अन्जल केसीले समान १–१ गोल गरे ।
काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी, हिलारी, ग्रिनविच, ग्रिनविच र हाइली क्रिएटिभले आ–आफ्नो खेल जिते ।
कौस्तुभ एकेडेमीले श्रमशीललाई २–० गोलले हरायो । विजेताका मोनिस गुरुङ र युकेश पौडेलले समान १–१ गोल गरे । हिलारीले ग्लोबललाई ३–० गोलले पाखा लगायो । हिलारीका लागि सिद्धार्थ सुवेदीले २ तथा प्रीतम यादवले १ गोल गरे ।
ग्रिनविचले पिक प्वाइन्टलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पन्छायो । हाइली क्रिएटिभले ग्रामरमाथि ४–० को सहज जित दर्ता ग¥यो । हाइली क्रिएटिभका निम्ति चारै गोल युवराज दाहालले गरे ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन