News
म्यानमारको उत्कृष्ट शुरूवात

काठमाडौ । सोमबारदेखि शुरु चारदेशीय महिला च्याम्पियनसिपमा दावेदार मध्ये एकका रुपमा देखिएको म्यानमारले प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा म्यानमारले लेबनानमाथी ३-१ को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो । खेलमा चारै गोल दोस्रो हाफमा सम्पन्न भए ।
खेलको ५७औं मिनेटमा विन थेङिको गोलबाट म्यानमारले खेलमा अग्रता बनाएको थियो । तर, लगत्तै ६०औं मिनेटमा लैला इस्कन्दरले लेबनानका लागि बराबरी गोल फर्काईन ।
बराबरी गोलपछी थप आक्रमक बनेको म्यानमारका लागि ७२औं मिनेटमा श्वे यीले दोस्रो गोल गरीन भने ७५औं मिनेटमा सन थावले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरिन ।
म्यानमारले आफ्नो आगामी खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ भने सोही दिन दोस्रो खेलमा लेबनानले नेपालको सामना गर्नेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै