News
युनानसँग खेल्दा नेपाली युथ टोलीका आशिष राई गम्भिर घाइते
काठमाडौं । चाईनिज नयाँ वर्षको अवसर पारी आयोजित चीनको युनान युथ क्लब र नेपाली युथ टोलीबीचको मैत्रीपूणृ खेलमा नेपाली टोलीका आशिष राई गम्भिर रुपमा चोटिल बनेका छन् ।
खेलको पहिलो हाफतर्फ ३६औं मिनटमा युनान युथका डेले मोरीसँग बल खोस्ने क्रममा आशिष राई गम्भिर रुपमा घाइते हुन पुगेका हुने । चोटिल बनेका आशिषको खुट्टा डरलाग्दो गरी भाँिचएको छ । उनलाई तत्काल अस्पताल लगिएको एन्फाले जनाएको छ ।
यो चोटसँगै आशिष लामो समय मैदान बाहिर रहनुपर्ने निश्चित देखिएको छ । स्मरण रहोस, सो खेलमा नेपाली युथ टोली युनान युथसँग २–० ले पराजित हुन पुगेको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै