News लखन कपः शिवनगर क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । झिनो अन्तरको जितका साथ शिवनगर परिवार, बुटवल जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शिवनगरले प्रिक्वाटरफाइनलतर्फ तिलोत्तमा–११, भूपू सैनिकलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा शिवनगरका तारा थापा म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २५ गते शुक्रबारको खेल चिडिया ब्वाईज, बुटवल र देवदह ब्वाईज, देदवहबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

 लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments