News तेस्रो नेर्पा भुलभुले कपः रतन्छा, केएफए र हलेसी–७ क्वाटरफाइनलमा
गोलनेपाल

नेर्पा । दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका नेर्पामा सन्चालित तेस्रो नेर्पा भुलभुले अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको आज भएको खेलमा रतन्छा २ केए एफ ए दिक्तेल र हलेसि ७ क्वाटरफाइनलमा प्रबेस गरेका छन् । 

दिनको पहिलो खेलमा रतन्छा–२ ले बसपानी–३ लाई ४–० ले हरायो । बसपानीको जितमा सौगात राईले दुई गोल गरे भने अबलरेल राई र प्रज्वल राईले समान एक–एक गोल गरे ।

दोस्रो खेलमा केएफएले नेर्पा ९निलो० लाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ केएफएका लागि दिपक खत्री र सखिन्द्र बजिमयले गोल गरे भने नेर्पा ९निलो० का लागि सञ्जय भुजेल र देवराज भुजेलले गोल गरेका थिए ।

त्यस्तै दिनको अन्तिम खेलमा हलेसी–७ ले हलेसी–५ लाई ३–१ ले हरायो । हलेसी–७ को जितमा पेम्बा लामाले दुई गोल गर्दा बिपिन गिरीले थप एक गोल गरे । पराजित हलेसी–५ का लागि मिलन राईले एक मात्र गोल फर्काएका थिए ।

नेर्पा स्पोर्टस क्लब, दिक्तेल रुपाकोट नगरपालि–६, खोटाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।

 

Post Comments