
पोखरा । मंगलबारदेखि शुरु भएको मोफसलको प्रतिष्ठित मध्ये एक २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा पुलिसले घरेलु टोली सहारा क्लब, पोखरालाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । खेलको ३६औं मिनटमा उज्ज्वल राईले गरेको एक मात्र गोल पुलिसलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
निर्णायक गोलकर्ता उज्ज्वल राई नै खेलको म्यान अफ दि म्याच चुनिए । यो जितसँगै पुलिस क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २३ गते बुधबारको खेलको एपिएफ फुटबल क्लब क्लब, काठमाडौं र मच्छिन्द्र फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो फागुन ३ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड