News
युथ टोलीमा राजु तामाङको पनि नियुक्ति
काठमाडौं । चाईनिज टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको युथ टोलीको प्रशिक्षकीय जिम्मेवारीमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा युवा प्रशिक्षक राजु तामाङ पनि जोडिएका छन ।
तामाङलाई चिनियाँ टोलीसँग भिड्ने नेपालको युथ टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
टोलीको अर्को सहायक प्रशिक्षकमा दिपक भुषाल छन त्यस्तै मुख्य प्रशिक्षकमा राजेश शाही र गोलकिपिङ प्रशिक्षकमा दिलिप क्षेत्री र शैलेश कर्माचार्य यसअघि नै नियुक्त भईसकेका छन ।
स्मरण रहोस, नेपालको युथ टोलीले चाईनिज नयाँ वर्षको अवसर पारी आउँदो फागुन ३ गतेका दिन चीनको युनान युथ क्लबसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । त्यसकै लागि हाल ४५ खेलाडीहरु बन्द प्रशिक्षणमा छन ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)