News यु-१८ फुटबलमा अर्जुनधारा ७ को विजयी सुरुवात
रमेश समदर्शी

शनिश्चरे (झापा) । खेलाडी उत्पादन र खेलाडीलाई कुलतबाट मुक्त राख्नका लागि झापाको अर्जुनधारामा १८ वर्षमुनिका खेलाडीबीच वडास्तरीय फुटबल सुरु भएको छ ।

शनिश्चरे एफसी अर्जुनधाराको आयोजनामा यु-१८ वडास्तरीय फुटबल प्रतियोगिताको आजदेखि तेस्रो संस्करण सुरु भएको हो । उद्घाटन खेलमा ७ नम्बर वडाले ११ नम्बर वडालाई १-० गोलअन्तरले पराजित गरी क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ ।

७ नम्बर वडाका लागि अकुल धिमालले गरेको गोल नै निर्णायक बन्यो । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै जोया ब्राण्डको तर्फबाट एक थान टिसर्टसँगै नगद १ हजार पाउन सफल भए ।

अर्जुनधारा नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिताको उद्घाटन नगर प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए । प्रतियोगिता संयोजक टेकराज तिलिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्लबका सचिव हरि गुरुङले स्वागत गरेका थिए ।

Post Comments