News
चिनीया टोलीसँग भिड्ने नेपाली युथ टोलीको मुख्य प्रशिक्षकमा शाही नियुक्त
काठमाडौं । चिनीय नयाँ वर्षको अवसर पारी फागुन पहिलो साता हुने नेपालको युथ टोली र चीनको युनान युथ क्लबबीचको मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा राजेश शाही नियुक्त भएका छन् ।
शाहीले शुक्रबार अखिल नेपाल फुटबल संघ –एन्फा) का महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरे । शाहीले आफ्नो नियुक्ति लगतै ४५ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समेत बोलाईसकेका छन् ।
त्यस्तै नेपाली टोलीको सहायक प्रशिक्षकमा दिपक भुषाल नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा सैलेश कर्माचार्य र दिलिप क्षेत्री नियुक्त भएका छन् ।
स्मरण रहोस, नेपाली युथ टोलीले आउँदो फेब्रुअरी १५ (फागुन ३ गते) का दिन चीनको युनान युथ क्लबसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)