News
दोस्रो सोबर रिकभरी कप चैत तेस्रो साता

काठमाडौं । फुटसल खेलको माध्यमबाट लागुऔषध विरुद्ध सचेतना जगाउने उद्देश्यका साथ सोबर रिकभरी, काठमाडौंको आयोजनामा दोस्रो सोबर रिकभरी कप फाईभ ए साईड फुटसल प्रतियोगिता आगामी चैत २१ र २२ गतेका दिन हुने भएको छ ।
जोरपाटी फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको छ । प्रतियोगितामा देशैभरिका दुव्र्यसन पूर्नस्थापना केन्द्रका फुटसल टोलीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- ओखलढुंगा खुल्ला फुटसल प्रतियोगिता (काठमाडौं संस्करण) को मिति र स्थान परिवर्तन
- किङस कलेजलाई हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी
- आस्था समूहलाई बेष्ट लाईफ फुटसल कपको उपाधि
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त