फिदिम । पॉचथरको फिदिममा जारी दोस्रो फिदिम भेट्रान्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ ।
बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा स्काई क्लब धरानलाई पेनाल्टि सुटआउमा ४-२ गोलले पराजित गर्दै दुधे भेट्रान्सले सेमिफाईनलमा आयोजकसँगको भेट पक्का गरेको हो । निर्धारित समयको खेलतर्फ दुबै टिमबाट २–२ गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको हो ।
त्यस्तै बिहीबार नै सम्पन्न अन्तिम क्वाटरफाइनलमा रेड स्टार क्लब बिर्तामोड झापाले गोरख भेट्रान्स इलामलाई ३(० गोलले पराजित गर्दै बौद्ध भेट्रान्स रानिटारसंग सेमिफाइनल भेट पक्का गरेको छ। दुबै सेमिफाइनल माघ ११ गते शुक्रबार हुनेछन ।
फिदिम भेट्रान्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १२ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश