कपिलवस्तु । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता आउँदो फागुन १० गतेदेखि शुरु हुने भएको छ ।
कपिलवस्तु स्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए । प्रतियोगितामा ६ ए डिभिजन क्लब र २ मोफसलका गरी कुल ८ टोलीहरुले सहभागिता जनाउने पनि अध्यक्ष थापाले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे थप विवरण र जानकारी आयोजकले आधिकारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने पनि आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले बताए ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा