News
युथ लिगमा पुलिस र शेर्पाको जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग अन्तर्गत बुधबार नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले आ–आफ्नो खेलहरुमा जित हात पार्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा पुलिसले सातदोबाटो युथ क्लबलाई ८–० को फराकिलो अन्तरले हरायो । पुलिसको जितमा नबिन गौतमले ह्याट्रिक गरे भने समिर कुमारले दुई गोल गरे । त्यस्तै समिर राई, किरन राज गिरी र रोहन पोखरेलले थप एक–एक गोल गरे ।
उता अर्को खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई २–१ ले हरायो । शेर्पाको जितमा सुजन स्याङतनले निर्णायक दुई गोल गरे । पराजित फ्रेण्डसका लागि भने कृष कटुवालले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि