काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले जित निकाल्दै तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्स्मा भएको पहिलो खेलमा पुलिसले एफसी खुमलटारमाथि ६–० को एकतर्फी जित निकाल्यो । पुलिसका लागि समिर राई र किरन राज गिरीले समान २–२ गोल गर्दा रिजन राज गौतम र सुरज गुरुङ्गले थप एक–एक गोल गरेका थिए । यो जितपछि पुलिसको खातामा ४ खेलबाट १० अंक छ । पराजित खुमलटार भने अंकविहीन छ ।
त्यस्तै अर्को खेलमा एपिएफले फ्रेण्डस क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पार्यो । एपिएफको जितमा अविनाश वाईबाले दुई गोल गर्दा उत्सव थापाले एक गोल गरेका थिए । उता फ्रेण्डसका लागि अफरोज अली र कृष कटुवालले गोल गरेका थिए ।
यो जितपछि एपिएफको खातामा ५ खेलबाट ११ अंक छ । उता पराजित फ्रेण्डसको खातामा भने समान खेलबाट सात अंक छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि