News
झापा एफसीको मुख्य प्रशिक्षकमा प्रवेश नियुक्त

काठमाडौं । पूर्वी नेपालको चर्चित क्लब तथा लगातार दोस्रोपटक तेस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको झापा फुटबल क्लबले सफल र युवा प्रशिक्षक प्रवेश कटुवाललाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्लबले मंगलबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रवेश कटुवालको नियुक्तिबारे जानकारी गराएको हो । दुई सिजन मच्छिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिग उपाधि जिताएका कटुवालसँग राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
गत सिजन झापाको मुख्य प्रशिक्षकमा स्पेनका ओरिओल मोहिडानो थिए । त्यतिबेला झापा गत सिजन एनएसलको पाँचौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।
स्मरणीय छ, नेपाल सुपर लिगको तेस्रो संस्करण आउँदो चैत्र २६ गतेदेखि शुरु हुने तय भईसकेको छ । त्यसका लागि खेलाडीहरुको अक्सन पनि हुँदैछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- प्रथम योङ ब्लड कप यु–१९ फुटबल प्रतियोगिता हुँदै
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय