काठमाडौं । मधुर मिलन संघ, मिलनमोडको आयोजनामा भारतको सिलीगुडीमा सम्पन्न ११औं मिलनमोड गोल्डकप इन्डो–नेपाल खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्काई स्र्पोटिङ क्लब, झापाले जितेको छ ।
फाइनलमा कन्काईले मिलन समिति, कोलकातालाई ४–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । कन्काईको जितमा निरज कार्कीले दुई गोल गरे भने रोहन कार्की र मिलन राईले थप एक–एक गोल गरेका थिए ।
विजेता बनेको कन्काईले उपाधिसहित नगद २ लाख भारतीय रुपैयाँ हात पार्यो भने उपविजेता मिलन समितिले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ कन्काईका हेमन्त लिम्बु प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । फाइनल खेलको म्यान अफ दि म्याच पनि कन्काई कै रोहन कार्की चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि कन्काईका योगेश धिमाल बने ।
सर्वाधिक गोलकर्ताको पुरस्कार समेत कन्काई कै निरज कार्कीले हात पार्दा उत्कृष्ट डिफेन्डर उपविजेता मिलन समितिका रकी बने । त्यस्तै फेयर प्ले अवार्ड नव अंकुर संघले हात पार्यो ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने