
फर्साटिकर । सहज जित निकाल्दै भैरव फुटबल क्लब, नवलपरासी यहाँ जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो क्वाटरफाइनलमा भैरवले ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
भैरवको जितमा सबी गुरुङ र मनिष चौधरीले समान दुई–दुई गोल गरे । खेलको म्यान अफ दि म्याच पनि भैरव कै सबी गुरुङ घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुस २५ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र अभिषेक चर्च, रजहर बीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।