News
काठमाडौं किकर्सले एन्फा यू–१६ लिग खेल्ने

काठमाडौं । काठमाडौं किकर्स फुटबल एकेडेमीले अखिल नेपाल फुटबल संघ (एन्फा) यू–१६ लिग खेल्ने भएको छ । पछिल्लो लामो समयदेखि नेपाली फुटबलको विकासमा जोड दिदै विदेशी प्रशिक्षकसहित फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको किकर्सले खुमलटार युवा क्लबमार्फत यू–१६ लिग खेल्न लागेको हो ।
यसका लागि किकर्सले खुमलटारसँग ;Demf}tf समेत गरिसकेको छ । एन्फामा दर्ता रहेका क्लबहरुले मात्रै लिग खेल्न पाउने नियम भएका कारण किकर्सले o'y lnudf सहभागीता जनाउन खुमलटारसँग सम्झौता गरेको हो । सम्झौताअनुसार किकर्सले सोमबार आफ्नो पहिलो खेलको रुपमा संकटाको यू–१६ टोलीसँग खेल्ने छ ।
स्मरण रहोस, किकर्सले यसअघि देश तथा विदेशमा समेत भएका विभिन्न उमेर समहको प्रतियोगितामा सहभागतिा जनाउँदै आइरहेको छ ।
Post Comments