News
मच्छिन्द्र कपः पानबारी सेमिफाइनलमा
केराबारी । तेस्रो मच्छिन्द्र कप खुला नकआउट फुटबल प्रतियोगितामा पानबारी फुटबल क्लब, धरानले विजयी शुरुवातका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।
केराबारी–८, मोरङ स्थित केराबारी रंगशालामा भएको खेलमा पानबारीले राजारानी एफसी, धनकुटालाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
पानबारीको जितमा अर्जुन लिम्बुले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ दि म्याच भने अर्बिन राई घोषित भए । प्रतियोगिता अन्तर्गत पुष २१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक केराबारी एफसी, मोरङ र राष्ट्रिय जागृति क्लब, इटहरीबीच हुनेछ ।
यही माघ २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा