News छैटौं डिएभी कप इन्टर कलेज फुटसल प्रतियोगिता माघमा
गोलनेपाल

काठमाडौं । डिएभी स्पोर्टस क्लब, ललितपुरको आयोजनामा वार्षिक रुपमा हुँदै आएको डिएभी कप इन्टर कलेज फुटसल प्रतियोगिताको छैटौं संस्करण आउँदो माघ १६ गतेदेखि हुने भएको छ ।

डिएभी फुटसल मैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । प्रतियोगितामा +२ मा अध्ययनरत छात्र फुटसल खेलाडीहरुले मात्र सहभागिता जनाउने पाउने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9813035657 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments