News
यु–१६ फ्रेण्डलीः भुटानसँग निरीह बन्यो नेपाल

काठमाडौं । दुई मैत्रीपूर्ण युथ फुटबल म्याचका लागि नेपाल आएको भुटानको यु–१६ महिला फुटबल टोलीले शुक्रबार घरेलु टोली नेपालमाथि प्रभावशाली जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको खेलमा भुटानले नेपालमाथि ५–१ को सहज जित हात पारेको हो । भुटानका लागि छिरिङ ल्हामो र कुइदेन सोनाम सोग्यालले समान दुई–दुई गोल गरे । थप एक गोल भने युग्वेन सोमोले गरिन् । उता पराजित नेपालका लागि भने सबिना तामाङले एक मात्र गोल फर्काएकी थिईन् ।
अब नेपालको यु–१९ महिला फुटबल टोली र भुटानको यु–१९ महिला फुटबल टोलीबीच अर्को आइतबार हुने एन्फाले जनाएको छ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छनौटमा भुटानको लगातार दोस्रो जित
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- साफ छाडेर एएफसी यु-२० महिला एसियन कप छ्नौटको तयारीमा भारत