News
रियललाई पहिलो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
काठमाडौं । यसै वर्षदेखि शुरु भएको फिफा इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस जायन्ट रियल मेड्रिड फुटबल क्लबले जितेको छ ।
कतारको लुसैल स्थित लुसैल स्टेडियममा भएको फाइनलमा युरोपियन च्याम्पियन रियलले कन्काफ च्याम्पियन मेक्सिकोको पाचुका क्लबलाई ३–० ले हराउँदै च्याम्पियन बनेको हो ।
रियलको जितमा काइलन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए । भिनिसियसले भने पेनाल्टी मार्फत गोल गरेका थिए । भिनिसियस प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बन्दै गोल्डेन बल समेत हात पारे ।
स्मरण रहोस, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि शुरुवात गरेको फिफा इन्टरकन्टिनैन्टल कपमा फिफा मातहत रहेको ६ महादेशका च्याम्पियनहरुले सहभागिता जनाएका थिए ।
(Photo: FIFA)
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट