News
तेस्रो नेपाल सुपर लिग (एनएसएल) चैत्रमा हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने नेपाल सुपर लिगको तेस्रो सिजन यही २०८१ चैत्र १६ (मार्च २९, २०२५) गतेबाट सुरु हुने भएको छ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई चैत्र १६ गतेबाट सुरु हुनेगरी अनुमतिपत्र प्रदान गरे ।
एन्फा महासचिव राईले नेपाल सुपर लिगले नेपाली फुटबलको स्तरउन्नतिको लागी महत्वपूर्ण छाप छोडेको र नेपाली फुटबलको विकासमा ठूलो योगदान पुर्याएको बताए ।
सोही अवसरमा नेपाल सुपर लिगका प्रबन्ध निर्देशक कार्कीले नेपाल सुपर लिगको तेस्रो सिजनका लागि उत्साहित रहेको र नेपाल सुपर लिगका फ्यानहरुलाई तेस्रो सिजन झनै स्मरणीय बनाउने बताए ।
स्मरण रहोस, गत वर्ष सम्पन्न नेपाल सुपर लिगको दोस्रो संस्करणको उपाधि ललितपुर सिटी फुटबल क्लबले जितेको थियो । फाइनलमा ललितपुरले धनगढीलाई ३–२ ले हराउँदै पहिलोपटक उपाधि जित्न सफल भएको हो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”