
काठमाडौं । विश्व फुटबलको महामेला फिफा विश्वकप फुटबल प्रतियोगिता फेरि एसियाली मैदानमा फर्कने पक्का भएको छ । सन् २०३४ को फिफा विश्वकप आयोजना अधिकार साउदी अरेबियाले पाएसँगै यो महामेला फेरि एसियामा हुने पक्का भएको हो ।
फिफाले सन् २०३४ को विश्वकप आयोजनाका लागि इच्छुक सदस्य राष्ट्रहरुबाट प्रस्ताव आह्वान गरेको थियो । फिफाको क्रमिक आयोजना अधिकार नियम अनुसार विश्वकप आयोजनाका लागि एसिया र ओसिआना मात्र योग्य थिए ।
साथै विश्वकप आयोजनाका लागि प्रस्ताव आह्वान गर्न फिफाले सन् २०२३ को अक्टुबर ३१ तारीखसम्म अन्तिम म्याद दिएको थियो । जसमा साउदी अरेबिया मात्र एक्लो प्रत्याशीका रुपमा उभिएपछि अन्ततः साउदीले नै आयोजना अधिकार पाएको हो । सन् २०३४ को फिफा विश्वकपमा ४८ देशहरुले सहभागिता जनाउने छन् ।
यसअघि सन् २०२२ को फिफा विश्वकप अर्को एसियाली राष्ट्र कतारले सफलताका साथ आयोजना गरिसकेको छ । सन् २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
त्यस्तै सन् २०३० को फिफा विश्वकप भने स्पेन, पोर्चुगल र मोरक्कोले आयोजना गर्दैछन् । जसमा विश्वकप आयोजना भएको १००औं वर्षको अवसर पारी केही खेलहरु अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि हुनेछन् ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट