News
सिस्नेरी घट्नाको छानबिन समिति गठन गर्न मेची–महाकाली हस्ताक्षर अभियान शुरु
बेलबारी । केही महिना अघि मकवानपुरको सिस्नेरी पहिरोमा परी एन्फा एकेडेमीका ६ खेलाडीहरुले ज्यान गुमाएपछि सो घाट्नाबारे छानबिन गर्न मेची–महाकाली हस्ताक्षर अभियान शुरु गरिएको छ ।
“हाम्रो अभियान नेपाली फुटबलमा आमूल परिवर्तन” भन्ने नाराका साथ शुरु गरिएको हस्ताक्षर अभियानमा थुप्रै स्थानीय, खेलाडी र खेलप्रेमीहरुको पनि सहभागिता रहेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा पदाधिकारीहरुको चरम लापरवाही कै कारण ती बाल खेलाडीहरुको सिस्नेरी पहिरोमा ज्यान गएको बताउँदै मोरङ जिल्लाका ए देखि सी डिभिजन खेलेका खेलाडीहरुले घट्नाबारे संसदीय छानबिन समिति गठन गरी निष्पक्ष छानबिन होस भनी हस्ताक्षर अभियान शुरु गरिएको उनीहरुको भनाई छ ।
साथै यो हस्ताक्षर अभियान देशव्यापी रुपमा सम्पन्न गर्ने योजनामा आफूहरु रहेको समेत उनीहरुले बताए ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय