News
एपिएफ र खुमलटारको बराबरी, एनआरटीलाई थ्रीस्टारको झट्का
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत १४औं चरणको शुरुवाती दुई खेलतर्फ एपिएफ फुटबल क्लब र एफसी खुमलटारले बराबरी खेल्दा एनआरटी भने थ्रीस्टार फुटबल क्लबसँग स्तब्ध बनेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफ र खुमलटारले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । यो नतिजापछि १४ खेलबाट २२ अंक जोडेको एपिएफ लिगतालिकाको शिर्ष पाँचमा छ । उता खुमलटार भने ८ अंकका साथ ११औं स्थानमा संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा थ्रीस्टारले शिर्षताको होडमा रहेको एनआरटीलाई ३–० ले हरायो । यो जितपछि १४ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शिर्ष तीनमा उक्लिएको छ । पराजित एनआरटी भने २८ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा