News रेड डेभिल्स सेमिफाइनलमा प्रवेश
गोलनेपाल

फुङलिङ । संघर्षपुर्ण जितका साथ रेड डेभिल्स मजोमाई, इलाम यहाँ जारी दोस्रो चासोक तङ्नाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ रेड डेभिल्सले डाँगीहाट फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि मानु माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने रेड डेभिल्सले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गर्यो ।

टाईब्रेकरमा विपक्षीका दुई प्रहार जोगाएका रेड डेभिल्सका गोलरक्षक सुजन लिम्बु प्लेयर अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर १७ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल गोधुली फुटबल क्लब, धरान र कञ्चनजंघा फुटबल क्लब, भारत बीच हुने आयोजकले जानकारी दियो ।

चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

Post Comments