
महुली । अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ को कार्यालयको आयोजना तथा महुली फुटबल क्लब, महुली, सप्तरीको सह–आयोजनामा यही मंसिर १६ गतेदेखि शुरु हुने प्रथम महुली मिनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक क्लबको भुजेल टोल खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा मंसिर १६ गतेका दिन बुढासुब्बा युथ क्लब, मोरङ र बसाहा–८ फुटबल क्लब, उदयपुर भिड्ने छन् । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर २५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगर गोलनेपाल डटकम रहेको छ । र सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।