News
प्रथम मैनारानी गोल्डकपः आयोजक पञ्चकन्या सेमिफाइनलमा

गाईघाट । बिहीबारदेखि शुरु भएको प्रथम मैनारानी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक पञ्चकन्या फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा पञ्चकन्याले बराहक्षेत्र फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । आयोजक पञ्चकन्याको जितमा असिम राईले एक मात्र निर्णायक गोल गरे ।
खेलमा निर्णायक गोल गरेका आयोजक पञ्चकन्याका असिम राई खेलको म्यान अफ दि म्याच समेत चुनिए । यो जितसँगै पञ्चकन्या प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
Post Comments