News एनआरटीको सहज जित
गोलनेपाल

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा न्युरोडटिम (एनआरटी) ले सहज जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा एनआरटीले घरेलु टोली सातदोबाटो युथ क्लबलाई ३–० को अन्तरले हराएको हो ।

एनआरटीको जितमा इशान शाहले दुई गोल गर्दा थप एक गोल राजन बुढाले गरे । यो जितसँगै ११ खेलबाट २२ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा छ । उता पराजित सातदोबाटो भने ४ अंकका साथ पुछार मै संघर्षरत छ ।

शिर्ष स्थानमा छ भने २६ अंक जोडेको विभागीय टोली पुलिस क्लब रहेको छ । पुलिसले बुधबार नै भएको पहिलो खेलमा चर्च ब्वाईज युनाइटेडलाई ३–१ ले हराएको थियो ।

Post Comments