News
दोस्रो मालेपाटन कप मंसिर १६ गतेदेखि

पोखरा । मालेपाटन युवा क्लब, पोखराको आयोजनामा मंसिर १६ देखि २२ गतेसम्म दोस्रो मालेपाटन कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा–५ स्थित मालेपाटन खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३५ हजार हात पार्नेछ भने उपविजेताले ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै अनुशासित टोलीलाई ७५००, सर्वोत्कृष्ट खेलाडीलाई ५००० र अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही ३–३ हजारसहित ट्रफीको व्यवस्था गरिएको खेल संयोजक सुजन गुरुङले जानकारी दिए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड