News
पोखरामा भेट्रान्स फुटसल मंसिर पहिलो साता

पोखरा । ‘खेल खेलौं, मित्रता बढाऔं’ भन्ने नाराका साथ युवा खेल अभियन्ता शिवको आयोजनामा आउँदो मंसिर ७ र ८ गतेका दिन प्रथम ४०+ भेट्रान्स सिक्स ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
रानीपौवा स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५०००० हात पार्नेछ भने उपविजेताले २५,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टोलीहरुमा एकजना ४४ वर्ष माथिको खेलाडी अनिवार्य हुनुपर्ने पनि आयोजकले जनाएको छ । साथै सम्बन्धित खेलाडी र टोलीले प्रमाण खुल्ने आवश्यक कागजात पनि अनिवार्य ल्याउनुपर्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने