News शिखर युवा क्लबलाई उपाधि
बिक्रम बानियाँ क्षेत्री

खरिढुङ्गा । एटिभ व्वाईज क्लव, खरिढुङ्गाको आयोजना र भिमेश्वर नगरपालिका वडा –९, दोलखाको मुख्य प्रायोजनमा सम्पन्न दोस्रो भिमेश्वर ९ खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी शिखर युवा क्लब, सिन्धुपाल्चोकले जितेको छ ।

फाइनलमा सिंहदेवी युवा क्लब, वोचलाई हराउँदै शिखर च्याम्पियन बनेको हो । विजेता बनेको शिखरले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता सिंहदेवीले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय कुन्दनराज काफ्ले, भिमेश्वर नगरपालिका वडा न–९ का वडाअध्यक्ष हिमाल श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments
Advertisement Yamaha Nepal